२०८१ कार्तिक २२ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

लागुऔषध मुद्दाका फरार प्रतिवादी बुद्धशान्तिका पौडेल जेल चलान


बिर्तामोड, मंंसिर १३ । झापा प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादी झापा बुद्धशान्तिका एकजना पुरुषलाई पक्राउ गरी कारागार पठाएको छ ।

झापा जिल्ला अदालतबाट २०७९ फागुन ११ गते लागुऔषध मुद्दामा दुई महिना कैद सजाय हुने फैसला भएपछि फरार रहेका बुद्धशान्ति २ का ५२ वर्षीय यादवराज पौडेललाई झापा कारागार पठाइएको हो ।

झापा प्रहरीका कार्यवाहक प्रवक्ता ढुण्डीराज गिरीका अनुसार पौडेललाई हिजो इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer