२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

दमक बाल अस्पतालमा ६ बेडको एनआइसियु कक्ष सञ्चालनमा


दमक, मंंसिर १३ । विपन्न परिवारका बालबालिकाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै झापाको दमकमा सञ्चालनमा आएको किओच दमक बाल अस्पतालले सेवा विस्तार गरेको छ ।

अस्पतालमा बालबालिकाहरुको उपचार सेवा प्रभावकारी बनेपछि सेवा विस्तार गर्दै आजदेखि औपचारिक रुपमै ६ बेडको एनआइसियु कक्ष सञ्चालनमा ल्याएको मेडिकल सुपरिटेन्डेन्ट डा. जयमणि श्रेष्ठले जानकारी दिए ।

यसअघि नै एनआइसियु सेवा भए पनि आजदेखि भने औपचारिक रुपमै थप व्यवस्थित ढंगबाट सेवा सुरु गरेका मेसु डा. श्रेष्ठले बताए । अस्पतालमा आउने बालबालिकाहरुलाई एक सय रुपैयाँ मात्रै ओपिडी जाँच सेवा शुल्क लिएर सेवा दिँदै आएको सो अस्पतालको सफ्ट लञ्च गत चैतमा भएको थियो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालासहित विशेषज्ञ चिकित्सक एवम स्वास्थ्य क्षेत्रका अनुभवीहरुको संलग्नतामा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ साइन्स (किओच) ले सञ्चालनमा ल्याएको प्रादेशिकस्तरको बाल विशिष्टीकृत सेवा अस्पतालमा आएको हो ।

अस्पतालमा अहिले दैनिक १५० जनाले ओपिडी सेवा लिँदै आएका छन् । अस्पतालले आकस्मिकसहित चौबीसै घण्टा बाल स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

अस्पताललाई विभिन्न दाता र निकायहरुको सहयोगमा थप सेवा विस्तारको योजना रहेको किओच दमक बाल अस्पतालका परियोजना संयोजक डा. नविन ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer