२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

देवी मावि सुधारकी संवाहक अम्बिका श्रेष्ठ


बिर्तामोड, मंसिर १५ । छ वर्षअघि बिर्तामोडको देवी माविको प्रधानाध्यापकको पदभार सम्हाल्दा अम्बिका श्रेष्ठ अन्योलमा थिइन् । कारण, विद्यालयको अवस्था जीर्ण मात्र थिएन, सबैकुरा सुधार गर्नुपर्ने कर्तव्य थियो ।

विद्यालयको प्रशासन हाँकेको केही समयमै श्रेष्ठले परिवर्तनका काम गरेर देखाइन् । विद्यालय सुधारका सबै कामसँगै उनले यो अवधिमा आर्थिक रुपमा पनि विद्यालयलाई दह्रो बनाइदिएकी छन् ।

उनी प्रधानाध्यापक भएपछि सुधार भएको विद्यालय भौतिक अवस्था

– बाँसको टहरा हटाएर ४७ वटा पक्की कक्षाकोठा निर्माण
– कम्प्युटर ल्याब नभएको÷ हाल ६४ वटा डेस्कटपसहितको २ वटा कम्प्युटर ल्याब भएको
– टिन तथा बाँसका टहराहरु भएका कक्षाकोठाहरु पूर्ण रुपमा हटाइएको
– खानेपानीको व्यवस्था नभएको/ हाल ३ वटा वाटर ट्रिट्मेन्ट प्लान्टसहितको १ घण्टामा ३ हजार लिटर खानेपानी फिल्टर गर्न सक्ने व्यवस्था मिलाइएको
– पूmलबारी नभएको/ हाल अकर्षक पूmलबारी भएको
– सभाहल नभएको/ हाल ५०० जना क्षमता भएको
– कार्यक्रम मञ्च नभएको/ हाल १०० जना अतिथि आँट्न सक्ने स्टेज निर्माण भएको
– सिसी क्यामेरा नभएको/ हाल १२८ वटा सिसी क्यामेरा भएको
– हरेक कक्षाकोठामा पिए साउन्ड सिस्टम भएको
– पानीको अहाल हुने विद्यालयको चौर राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा पेवर्स ओछ्याएर डुबानमुक्त गरिएको
– बालविकासदेखि कक्षा–१ सम्म ५ वटा कोठालाई बालमैत्री तथा प्रविधिमैत्री बनाई आगामी दिनमा प्रत्येक वर्ष १० वटाका दरले कक्षाकोठाहरु बालमैत्री तथा प्रविधिमैत्री बनाउने योजना रहेको
– यस वर्ष मात्रै कक्षा–११ मा लक्ष्यअनुसार १ हजारजना विद्यार्थी पु¥याउने योजना सफल भएको
– कक्षा–१ देखि १० सम्म १३७२ जना विद्यार्थी तथा कक्षा–११/१२ मा १८०८ जना गरी जम्मा ३१८० विद्यार्थी संख्या रहेको
– विद्यालयको आफ्नै लगानीमा ९२०० वर्ग फुटको ४ तले १२ कोेठे पक्की भवन निर्माण भएको
– जग्गादाता रामबाबु प्रसाईंको अर्धकदको शालिक स्थापना गर्ने कार्य सम्पूर्ण तयारी अवस्थामा रहेको
– शिक्षकहरुमध्ये ११ जनालाई कक्षागत संयोजक, ३ जनालाई कक्षा–१० सम्म तहगत संयोजक र कक्षा–११÷१२ मा संयोजकसहित थप ४ जनालाई विषयगत संयोजकको जिम्मेवारी पूरा गरी शैक्षिक गुणस्तर सुधारका लागि थप कार्य विभाजन गरिएको
– विज्ञान विषयमा प्रत्येक शनिबार कक्षा–११/१२ को ‘शनिबार परीक्षा’ हुने व्यवस्था गरिएको
– आर्थिक कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन सफ्टकपी र म्यान्युल दुवै विधिबाट व्यवस्थित गरिएको
– सामग्री खरिद प्रक्रियालाई पारदर्शी बनाउन विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार ५ सदस्यीय खरिद समिति बनाइएको र सोही खरिद समिति मार्पmत समितिको निर्णयअनुसार सामग्री खरिद गर्ने गरिएको
– अत्यन्तै व्यवस्थित २ वटा क्यान्टिन विद्यार्थीहरुको खाजाको लागि निर्माण गरिएको
– विद्यालयको आम्दानीको स्रोत कक्षा–११/१२ को विद्यार्थीहरुको सामान्य शुल्क र २ वटा क्यान्टिन मात्र रहेको

उनी आउँदा पाँच लाख रुपैयाँ बैंक मौज्दात भएको विद्यालयको खातामा हाल तीन करोड रुपैयाँ मौज्दात छ । प्रदेश सरकार, बिर्तामोड नगरपालिका, संसद विकास कोष, जिल्ला विकास समन्वय समिति, वडा कार्यालय लगायत विभिन्न दाताहरुको सहयोगमा भौतिक संरचनाहरु निर्माण कार्य सम्पन्न गरी विद्यालयको आफ्नै लगानीमा १२ कोठे पक्की भवन निर्माण गरेर पनि तीन करोड मौज्दात राख्न श्रेष्ठ सफल भएकी छन् ।

कामको बाँडफाँट गरेपछि विस्तारै शिक्षक, समुदाय र विद्यालय व्यवस्थापन समितिको साथका कारण आफू सफल भएको श्रेष्ठको बुझाइ छ । तत्कालीन समिति अध्यक्ष स्वर्गीय ज्ञानुराम प्रसाईंको विशेष पहल र साथका कारण पनि आफू सफल भएको श्रेष्ठ बताउँछिन् ।

पहिलो विद्यालयलाई पारदर्शी बनाउने, दोस्रो सहकार्यमा काम गर्ने र तेस्रो कामको विभाजन गर्ने सूत्र बनाएका कारण श्रेष्ठले देवी माविलाई यो अवस्थमा ल्याएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer