
मेचीनगर, मंसिर १७ । झापाको चारआलीस्थित चारआली-चन्द्रगढी सडक खण्डको नालामा एकजना अर्धबैँशे पुरुष मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार झापाको चारआलीमा आज दिउँसो ३ बजे नालामा अन्दाजी ५० वर्षीय एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन ।
स्थानीयबासीले नालामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक व्यक्तिको पहिचान भने खुल्न सकेको छैन ।
साइकलमा भकारी बोकेर हिँड्ने क्रममा नालामा खसेर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । मृत्युको कारणबारे प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी घटनास्थल पुगिसकेको छ ।