२०८२ जेठ ३१ शनिबार
Jhapa Today
Adv top

जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू


बिर्तामोड, मंसिर १९ । जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्। त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरु अपनाऔँ:

– हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौँ

– कोइला जन्य स्रोतबाट सकेसम्म आगो नतापौँ

– आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौं आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौँ

– हिटरको प्रयोग गर्दा समय-समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ

– सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौँ

– गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ

– गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ

-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

Adv footer