२०८२ कात्तिक १६ आइतबार
Jhapa Today
Adv top

चलचित्र पत्रकारको अगुवाइमा बिर्तामोडमा सतीदेवीको प्रदर्शन हुने


बिर्तामोड, मंसिर २४ । झापाको बिर्तामोडमा मंसिर २६ गते नेपाली चलचित्र ‘सतीदेवी’ को प्रिमियर शो हुने भएको छ ।

चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको आयोजनामा पर्सि मंगलबार पाथिभरा सिने प्लाजामा ‘सतीदेवी’ को विशेष प्रदर्शनी हुने सचिव एकराज प्रधानले जानकारी दिए ।

झापामा चलचित्र पत्रकार संघ गठनसँगै नेपाली फिल्म प्रवर्धनका लागि कार्य अगाडि बढाइएको हो । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ सामाजिक कथामा आधारित फिल्म हो । फिल्ममा बाबु छोरीबीचको स्नेहलाई देखाउन खोजिएको छ । फिल्मको लेखन, गीत, निर्माण निर्देशक लक्ष्मणले नै गरेका छन् ।

मलिका महतसहित फिल्ममा हर्षिका वली, मञ्जिला बानियाँ (बाल कलाकार), सन्दीपबाबु लोहनी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, रमेश बुढाथोकी, सिर्जना अधिकारी, सुजिता शिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशीलगायत कलाकारले अभिनय गरेका छन् ।

बाबु श्रेष्ठले छायाँकन गरेको फिल्ममा तारा थापा ‘किम्भे’ को सम्पादन, दिपक शर्मा र सुवास भुसालको संगीत छ । फिल्मका निर्माता दिलाशा, सारा र श्रीदेवी सुवेदी हुन् । फिल्म दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा बनेको छ ।

Adv footer