बिर्तामोड, मंसिर २९ । छिट्टै ऊर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईंलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।
पूर्ण रुपमा पाकेको केराले तपाईंको शरीरलाई धेरै प्रकारका रोगबाट बचाउँछ । पूर्ण रुपमा पाकेको केराको बोक्रामा केही काला दाग देखिन्छन् ।
– बोक्रामा कालो दाग हुने गरेको पाकेको केरा खाँदा तपाईं क्यान्सर रोगबाट बच्न सक्नुहुन्छ । जापानमा गरिएको एक अध्ययनले यो तथ्य पत्ता लागेको हो । पूर्ण रुपमा पाकेको केरा, जसको बोक्रमा कालो दाग हुन्छ, टिएनएफ नामक तत्वले भरिपूर्ण हुन्छ । उक्त तत्वलाई ट्युमर नेक्रोसिस फेक्टर पनि भनिन्छ । यो तत्वले शरीरमा क्यान्सर उत्पादन गर्ने ब्याक्टेरियासँग लड्छ ।
– केरा पाकेसँगै त्यसमा एन्टी–अक्सिडेन्ट तत्वको स्तर पनि बढेर जान्छ । यो तत्वले तपाईंको प्रतिरक्षा तन्त्रलाई अधिक बलियो बनाउँछ । यो तत्वले सेता रक्तकोष निर्माणमा पनि योगदान पुर्याउँछ ।
– बोक्रामा कालो दाग देखिने गरी पाकेको केरामा प्राकृतिक चिनीको मात्रा धेरै हुन्छ । यसले रगतमा चिनीको मात्रालाई बढाउन मद्दत पुर्याउँछ । यद्यपि मधुमेह रोगबाट पीडित व्यक्तिले भने यो केरा खाँदा विचार पुर्याउनु पर्छ ।
– यस्तो केरा पोषक तत्वले भरपूर पनि हुन्छ । किनकि, जस्तै केरा परिपक्व हुँदै जान्छ, त्यसमा रहेको पोषक तत्वको मात्रा पनि आठ गूणाले बढेर जान्छ । यसप्रकारले पूर्ण रुपमा पाकेको केरा (जसको बोक्रामा कालो दाग हुन्छ) बाट तपाईंले भरपूर मात्रामा पोषक तत्व प्राप्त गर्न सक्नुहुन्छ ।
-लोकान्तरबाट
Comments are closed