२०८२ साउन ३ शनिबार
Jhapa Today
Adv top

ज्याकेट प्वाल बनाएर ब्राउन सुगर लैजान खोज्ने बिर्तामोडबाट पक्राउ


बिर्तामोड, पुस १ । ज्याकेटभित्र प्वाल बनाएर ब्राउन सुगर काठमाडौँ पठाउने तयारीमा रहेका दुईजनालाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मेचीनगर १२ कालीझोडा बस्ने ३० वर्षीय राजु विश्वकर्मा र इलाम १ बस्ने २० वर्षीय दिपक दाहाल रहेका छन् ।
हिजो साँझ ७ बजे बिर्तामोड १ स्थित पश्चिम बस स्टेन्डमा हायस गाडीमार्फत ज्याकेट पार्सल गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले ज्याकेट पार्सल गर्न आएका विश्वकर्मालाई शंका लागेर जाँच गर्दा पार्सल गर्ने तयारीमा रहेको ज्याकेटमा प्वाल बनाई ज्याकेटभित्र लुकाइछिपाइ राखेको २८ ग्राम ३७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई पक्राउ गरी सोधपुछ गर्दा उक्त सामान र ज्याकेट दाहालको हो भनी बताएपछि दाहाललाई समेत खोजतलास गर्ने क्रममा बिर्तामोड १ मा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको छ ।

Adv footer