२०८२ जेठ ५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाईमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु


बिर्तामोड, पुस २ । झापाको कनकाईस्थित कोटिहोम क्षेत्रमा स्कुटरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

आज साँझ ०७:१५ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. १–०१–०१३प ३९६६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री कनकाई-४ बस्ने ६५ वर्षीय कर्णबहादुर रायको मृत्यु भएको हो ।

घाइते रायलाई उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पताल ल्याइएकोमा साँझ ०७:५० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक मेचीनगर-९ निवासी ५३ वर्षीय राजु गुरुङ र पछाडि बसेकी उनकी श्रीमती ५१ वर्षीया तुलसा गुरुङ घाइते भएका छन् । घाइते गुरुङ दम्पत्तिको बिएन्डसी अस्पतालमा उपचार भइरहेको अनारमनीका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

Adv footer