बिर्तामोड, पुस ५ । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा किशोर भट्टराई चयन भएका छन् ।
भट्टराई हाल संस्थाको सचिव रहेका थिए । ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । संस्थाका सबै सञ्चालक समिति निर्विरोध चयन भएका छन् ।
संस्थाको उपाध्यक्षमा पार्वता श्रेष्ठ र सचिवमा डा. गौरीशंकर झा चयन भएका छन् । सदस्यहरु माधवप्रसाद आचार्य, खड्गबहादुर तामाङ, पुष्पराज भट्टराई, गंगादेवी गौतम, कमलादेवी सापकोटा, कमलमान सिंह चौहान, रेशबहादुर बस्नेत र भीमबहादुर पौडेल चयन भएका छन् ।
त्यस्तै, लेखा सुपरीवेक्षण समिति संयोजकमा दुर्गानारायण चौधरी र सदस्यद्वयमा डम्बरप्रसाद ढुंगाना र सुनिता पोखरेल चयन भएका छन् ।
पाँचौँ कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिलाई भोलि पुस ६ गते हुने १६ औँ वार्षिक साधारणसभामा पद हस्तान्तरण गरिने अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए ।