२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

औषधि व्यवसायी बाँस्कोटाको अगुवाइमा विद्यार्थीलाई न्यानो कपडा


दमक, पुस ५ । झापको गौरीगञ्ज १ महाभाराको जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

बिर्तामोडमा औषधि व्यवसाय गर्दै आएका पूर्वविद्यार्थी हेमन्त बाँस्कोटाको अगुवाइमा विद्यालयमा अध्ययनरत १४३ जना विद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याक सुट वितरण गरिएको हो ।

बाँस्कोटाले १ लाख १४ हजार ४०० रुपैयाँ बराबरको ट्र्याक सुट वितरण गरेका हुन् । हेमन्त बाँस्कोटा, प्रतिना गौतम, प्रदिप परियार, महेन्द्रबहादुर राई, वसन्त लिम्बू, आशा गौतम, सुदर्शन रेग्मी र विद्यालय परिवारलगायतका दाताको सहयोगबाट विद्यार्थीहरुलाई ट्र्याक सुट वितरण गरिएको हो ।

बाँस्कोटाले आफूले विद्यालय जीवन प्रारम्भ गरेको ठाउँमा सहयोग गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गरे । विद्यालयको शैक्षिक अवस्था सुधार गर्न शिक्षक, अभिभावक र सरोकारवालाई आग्रह गर्दै आगामी दिनमा समेत सहयोग जारी राख्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालचन्द्र सिंह राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी, वडा सदस्य राजभक्त सुनुवार, प्रधानाध्यापक भीमबहादुर कार्कीले न्यानो कपडाका लागि धन्यवाद दिँदै उपलब्ध गराउने बाँस्कोटालगायत सम्पूर्ण सहयोगी दाताप्रति आभार व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer