२०८२ बैशाख ३१ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

विश्व स्ट्रेन्थ लिफ्टिङमा झापाका खेलाडीलाई तीन स्वर्ण, दुई रजत


बिर्तामोड, पुस ६ । स्ट्रेन्थ लिफ्टिङ वर्ल्ड तथा आइबिपी च्याम्पियनसिपको १० औँ संस्करणमा झापाबाट सहभागी तीनैजना खेलाडीले स्वर्ण पदक जितेका छन् ।

भारतको हैदरावादस्थित लालबहादुर शास्त्री इन्डोर स्टेडियममा डिसेम्बर २१ तारिख सम्पन्न प्रतियोगितामा झापाका खेलाडीले स्वर्णसहित दोहोरो पदक जितेको झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले जानकारी दिए ।

प्रतियोगतामा सहभागी झापाका खेलाडीहरुले तीनवटा स्वर्ण र दुईवटा रजत पदक जितेको नेपाल स्ट्रेन्थ लिफ्टिङ एसोसिएसन झापाका पूर्वअध्यक्ष एवम् अन्तर्राष्ट्रिय रेफ्री अर्जुन क्षेत्री लम्सालले जानकारी दिए ।

अध्यक्ष भण्डारीका अनुसार झापाका प्रसिद्ध भक्तराज लावटले एक स्वर्ण र एक रजत, सोनी दासले एक स्वर्ण र एक रजत र मेनुका पौडेलले एक स्वर्ण पदक प्राप्त गरेका छन् ।

यसैबीच, प्रतियोगितामा नेपालले १६ स्वर्ण, १४ रजत र चारवटा कास्य पदक जितेको छ । प्रतियोगितामा नेपाल स्ट्रेन्थ लिफ्टिङ एसोसिएसनको तर्फबाट १५ जना महिला, ६ जना अन्तर्राष्ट्रिय रेफ्रीसहित ४५ जना खेलाडीहरु सहभागी भएका थिए ।

स्ट्रेन्थ लिफ्टिङमा युरोप, अमेरिका, एसियासहित १६ वटा मुलुकका खेलाडी तथा रेफ्रीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा १३ वर्षदेखि ८० वर्षसम्म विभिन्न तौल समूहका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

यसअघि तुर्किस्थानमा भएको नवौँ स्ट्रेन्थ लिफ्टिङ विश्वकपमा नेपालका तीनजना खेलाडीले मात्र पदक जितेका थिए ।

Adv footer