२०८२ बैशाख ३१ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका खेलकुद विकास समिति अध्यक्षलाई कनकाईमा सम्मान


बिर्तामोड, पुस ८ । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी (भेषराज) लाई कनकाईमा सम्मान गरिएको छ ।

कनकाईको इलुवाबारी डोजोमा आयोजनामा भएको झापा क्षेत्र नम्बर ४ स्तरीय आमन्त्रण जुनियर कराते प्रतियोगिताको अवसर पारेर करातेका पूर्वराष्ट्रिय खेलाडी तथा अन्तराष्ट्रिय रेफ्री भण्डारीलाई सम्मान गरिएको हो ।

झापामा खेलकुदको विकास र विस्तारमा विशेष योगदान पुर्याउँदै कोशी प्रदेशको उत्कृष्ट जिल्ला बनाउन सफल भएको कामको मूल्यांकन गर्दै भण्डारीलाई सम्मान गरिएको हो ।

इलुवाबारी डोजोका अध्यक्ष राजेन्द्र लिम्बू, प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एलपी साँवा, झापा जिल्ला जिल्ला कराते संघका अध्यक्ष जगन कार्कीलगायतले अध्यक्ष भण्डारीलाई सम्मान गरेका थिए ।

कार्यक्रमकै अवसर पारेर झापाका अग्रज कराते प्रशिक्षक राम पाठक र कनकाई ४ का वडा अध्यक्ष रोशन सुवेदीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल सितोरियो कराते संघका केन्द्रीय सचिव प्रेम लामाज्यु, निवर्तमान राष्ट्रिय प्रशिक्षक मदनकुमार उप्रेती, झापाका प्रशिक्षण विभाग प्रमुख कालु मेचे, कोशी प्रदेश कराते महासंघका उपाध्यक्ष शौरभ प्रधान, अमेरिका–भुटान करातेका प्रमुख टिआर याम्फु, झापाका रेफ्री कमिसन संयोजक विष्णुकुमार नेम्वाङ, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जबिन तिम्सिनालगायतले शुभकामना व्यक्त गरेका थिए ।

झापा जिल्ला कराते संघको समन्वय कनकाई ४ र इलुवाबारी कराते डोजोको आयोजनामा भएको प्रतियोगितामा २० देखि ५० केजी तौल समूहका (महिला–पुरुष) करिब २५० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

Adv footer