२०८२ असार १ आइतबार
Jhapa Today
Adv top

मोजा लगाएर सुत्नु निकै हानिकारक, यस्ता छन् कारणहरु


बिर्तामोड, पुस ८ । चिसोबाट बच्न मानिसहरु राती मोजा लगाएर सुत्ने गर्छन् । मोजा लगाएर सुत्दा चिसो हुँदैन । तर, यसका कारण तपाईंले धेरै समस्याको सामना गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । मोजाकै कारण शरीरमा थुप्रै खालका समस्याहरू निम्तिने चिकित्सकहरूको भनाइ छ ।

अधिक तताउने समस्या

यदि तपाईं मोजा लगाएर सुत्नुहुन्छ भने तपाईंलाई धेरै तातो हुने समस्या हुन सक्छ । जसका कारण शरीरको तापक्रम एक्कासी तीव्र गतिमा बढ्छ । तपाईं बेचैन महसुस गर्न सक्नुहुन्छ।

सुत्न समस्या

टाइट मोजा लगाएर सुत्दा रक्तसञ्चार सम्बन्धी समस्या हुनसक्छ । त्यसैले मोजा लगाएर सुत्नु हुँदैन । सधैं खुट्टा सफा गरेर सुत्नु पर्छ।

हृदयसम्बन्धी समस्या

मोजा लगाउनाले मुटुको समस्या पनि हुन सक्छ। यसले खुट्टाको नसाहरूमा पनि धेरै दबाब दिन्छ। यो लगाउनाले तपाईंको मुटुलाई धेरै पम्प गर्छ।

छालामा एलर्जी

दिनहुँ मोजा लगाएर सुत्दा पनि छालामा एलर्जी हुन सक्छ। जसका कारण तपाईंले निकै गम्भीर समस्याको सामना गर्नुपर्ने हुनसक्छ । त्यसैले यस्तो गर्नु हुँदैन।

-एजेन्सीबाट

Adv footer