२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा आजदेखि ‘बिर्तामोड महोत्सव’ सुरु


बिर्तामोड, पुस ९ । झापाको बिर्तामोडमा ‘बिर्तामोड महोत्सव २०८०’ सुरु भएको छ । बिर्तामोड अपांगता स्वालम्बन संस्थाको आयोजनामा बिर्तामोड २ रामचोकनजिकै महोत्सव सुरु भएको हो ।

एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले हिजो महोत्सवको उद्घाटन गरे । कार्यक्रममा बिर्तामोड २ वडा अध्यक्ष किशोर पौडेल, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, झापा जिल्ला अलमुनियम तथा स्टिल फर्निचर संघका अध्यक्ष समिल राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।

महोत्सवका व्यवस्थापक डिल्ली दाहालका अनुसार कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा फुड फेस्टिवल समेत हुनेछ ।

पर्यटन प्रबर्द्धनको माध्यमबाट बिर्तामोडको आर्थिक तथा सामाजिक विकासमा योगदान गर्ने महोत्सवले लक्ष्य लिएको दाहालले बताए । महोत्सवअन्तर्गत प्रत्येक दिन साँझमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer