२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाको अध्यक्षमा सापकोटा


बिर्तामोड, पुस ९ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति झापाको अध्यक्षमा विनोद सापकोटा निर्वाचित भएका छन् ।

शिवसताक्षीका व्यवसायी सापकोटा यसअघि उपाध्यक्ष थिए । १३ वर्षदेखि पुस्तक तथा स्टेसनरीको व्यवसाय गर्दै आएका उनी पत्रकारिता पेसामा पनि क्रियाशील छन् ।

झापाको कनकाईस्थित धनुषकोटी धाममा सोमबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुमन खनाल, उपाध्यक्षद्वयमा खगेन्द्र गौतम र खगेन्द्र सुवेदी, सचिवमा चन्द्र घिमिरे, सहसचिवमा निर्मला भण्डारी र कोषाध्यक्षमा दिपक खतिवडालाई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरूमा सन्तोष बुढाथोकी, रोशन श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, नन्दीकेशर घिमिरे, मनकुमार चौलागाईं, जीवन सुवेदी र तीर्थ काफ्लेलाई चयन गरेको छ ।

यसअघिको उद्घाटनसत्र सञ्जय सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सञ्जीव सत्याल, केन्द्रीय सदस्य रविन बराल, कोशी प्रदेशका उपाध्यक्ष जीवन नेपाल, पूर्वकेन्द्रीय उपाध्यक्ष मातृका शिवाकोटी, पूर्वझापा अध्यक्ष समेत रहेका अधिवक्ता फणिन्द्र न्यौपानेलगायतले आआफ्ना धारणा राखेका थिए ।

सहसचिव दिपक खतिवडाले सञ्चालन गरेको कार्यक्रमको स्वागत विनोद सापकोटा र संघको सांगठनिक प्रतिवेदन सञ्जय सापकोटाले प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन कोषाध्यक्ष चन्द्र घिमिरेले प्रस्तुत गरेका थिए ।

Adv footer