२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनका प्रवेश र टिना मेचीनगरका संस्थागततर्फ उत्कृष्ट विद्यार्थी


मेचीनगर, पुस १२ । मेचीनगरमा संस्थागत विद्यालयतर्फ कक्षा १२ को परीक्षामा उत्कृष्ट भएका झापाको धुलाबारीको इस्ट होराइजन माविमा दुई विद्यार्थी सम्मानित भएका छन् ।

उत्कृष्ट अंक ल्याउने छात्र प्रवेश दाहाल र छात्रा टिना कार्की सम्मानित भएका हुन् । उनीहरुलाई नगरपालिकाले एक कार्यक्रम आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरेको हो ।

दाहालले कक्षा १२ को अन्तिम परीक्षामा ३ दशमलव ४८ र छात्रा कार्कीले ३ दशमलव ४० जिपिए ल्याएका थिए ।

त्यस्तै, सामुदायिकतर्फ धुलाबारी माविका अनुस खरेल र पवित्रा न्यौपाने उत्कृष्ट बनेका छन् । खरेलले ३ दशमलव ६५ र न्यौपानेले ३ दशमलव ७४ जिपिए ल्याएका थिए ।

नगरपालिकाले नगरभित्रका सामुदायिक तथा निजी शैक्षिक संस्थाका उत्कृष्ट विद्यार्थीसहित शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, विभिन्न संस्थागरी ९७ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोह २०८० कार्यक्रममा नगरभित्रका सामुदायिक तथा निजी विद्यालयमा कक्षा ८ को परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीमध्ये ४२, अवकाशप्राप्त शिक्षक १९, अवकाशप्राप्त कर्मचारी, उत्कृष्ट शिक्षक, विद्यालय व्यवस्थापन समिति, बाल क्लबलगायतलाई सम्मान गरेको थियो ।

त्यस्तै, कोशी प्रदेशमा सम्पन्न प्रतियोगितात्मक नृत्यमा सर्वोत्कृट हुने र स्काउटबाट एकएकजना, बाल शिक्षक ३, प्रधानाध्यापक ५, प्याब्सन र एनप्याब्सन, कक्षा १० र कक्षा १२ बाट चारचार गरी कुल ९७ जनालाई पुरस्कृत तथा सम्मान गरेको हो ।

नगर शिक्षा शाखाका अनुसार नगरभित्र १७ मावि, ११ निमावि, १४ प्राथमिक, ४ वटा धार्मिक तथा ६० संस्थागत गरी कुल १०६ वटा शैक्षिक संस्था रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer