
बिर्तामोड, पुष १८ । झापाको बाह्रदशी-५ मा तातो खोलेमा परेर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
गोपाल टुडूकी २ वर्षीया छोरी सृष्टि टुडूको काठमाडौँको सुष्मा मेमोरियल अस्पतालमा हिजो उपचारको क्रममा मृत्यु भएको हो ।
पाँच दिनअघि ती बालिकालाई खोलेले पोलेको थियो । बेलैमा उपचार नपाउँदा ती बालिकाको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।