
बिर्तामोड, पुस १९ । झापाको बिर्तामोड शहरनजिकै रहेको चिया बगानमा आज बिहान एकजना युवा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीको टोली घटनास्थल बिर्तामोड-६ स्थित राजमार्ग दक्षिण चिया बगानमा पुगेको छ ।
रुखमा पासो लगाएर आत्महत्या गर्ने युवाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।