२०८२ बैशाख १८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

चारपाने दुर्घटनामा कनकाईका उप्रतीको मृत्यु ,२ जना घाइते


बिर्तामोड, पुस २१ । झापाको चारपानेचोकमा अहिले साँझ सवारीसाधन दुर्घटना भएको छ । साँझ ६ः३० बजे मोटरसाइकल र बस एकआपसमा ठक्कर हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

दुर्घटनामा परेका कनकाई-८ का ४४ वर्षीय तोयनाथ उप्रेतीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उप्रेतीले चलाएको मे. १ प ७२४८ नम्बरको मोटरसाइकलले बसलाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।
मोटरसाइकलमा ३ जना सवार रहेका थिए र सवार अन्य २ जना गम्भीर घाइते भएको जनाइएको छ ।

उनीहरुको उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।
दुर्घटनामा कनकाई-५ का ५९ वर्षीय रविरत्न सिटौला र बाह्रदशी-७ का सागर माझी घाइते भएका हुन् ।

उनीहरु मोटरसाइकलमा पूर्वबाट पश्चिमतिर जाँदै थिए । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer