बिर्तामोड, पुस २१ । कनकाई हस्पिटल सञ्चालक समितिको अधिवेसनबाट युवराज डाँगी आगामी तीन बर्से कार्यकालका लागि अध्यक्षमा चयन भएका छन् ।
शनिबार बिर्तामोडमा सम्पन्न भएको हस्पिटलको १७ औँ साधारणसभाबाट डाँगी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
हस्पिटलको विधानमा हरेक तीन वर्षमा सञ्चालकमध्येबाट एकजना अध्यक्ष हुने प्रावधान रहेको छ । सोही प्रावधान बमोजिम डाँगी अध्यक्षमा चयन भएका हुन् ।
यसअघि डक्टर प्रेमबहादुर शाही हस्पिटलका अध्यक्ष थिए । उनले दुई कार्यकाल नेतृत्व गरेपछि अब डाँगीको नेतृत्वमा हस्पिटलको व्यवस्थापन आएको हो ।
डाँगी यसअघि हस्पिटलको प्रबन्ध निर्देशक थिए । विधानमा अन्य सञ्चालकहरु सदस्य रहने प्रावधान रहेको छ ।
Comments are closed