२०८२ बैशाख १९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कचनकवलमा दुई बिघाको धान र परालमा आगजनी


बिर्तामोड, पुस २२ । झापाको कचनकवलमा नचिनेको मान्छेको समूहले धान खेतमा आगजनी गरेको छ । कचनकवल ४ बयरबारीका अलवास मियाको धानमा सो समूहले आगजनी गरेपछि लाखौँको क्षति भएको छ ।

मियाले दुई बिघा खेतमा लगाएको धान काटेर दाइँ गर्न तयारी अवस्थाका राखेका थिए । दाइँ गर्नुअघि नै थन्क्याइएकै ठाउँमा आगजनी भएपछि दुई बिघाको धान र पराल खरानी भएको पीडित मियाले जानकारी दिए । धान र पराल गरी कम्तिमा तीन लाख रुपैयाँ बराबरको क्षति भएको पीडित मियाँको भनाइ छ ।

लाखौँ रुपैयाँको धान र वर्षभरि वस्तुलाई पुग्ने परालसमेत डढेर खरानी हुँदा आफ्नो बिचल्ली भएको मियाले सुनाए । आगो कसले र किन लगायो भन्ने विषयमा आफूलाई केही जानकारी नभएको उनले बताए ।

इलाका प्रहरी कार्यालय केचनाले आगो लागेको कारण र आगो लगाउने मानिसको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । यसभन्दा पहिले पनि कचनकवलमा बारम्बार धानको पराल र कुन्युमा आगो लाग्ने घटना भइरहे पनि प्रहरीले कसैलाई कारबाही गर्न सकेको छैन ।

Adv footer