२०८१ कार्तिक १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

जाडोमा दही खानु कति उपयुक्त ?


बिर्तामोड, पुस २४ । दहीमा चिसो प्रभाव हुन्छ, त्यसैले जाडोमा दहीको सेवनले शरीरमा धेरै समस्या निम्त्याउँछ भन्ने धेरैको विश्वास छ । यदि तपाइँ पनि यस्तै सोच्नुहुन्छ भने तपाइँ गलत हुन सक्नुहुन्छ।

जाडोमा दही खाँदा स्वास्थ्यलाई हानिभन्दा धेरै फाइदा हुन्छ । विज्ञहरूका अनुसार जाडोमा दहीको सेवनले रोग प्रतिरोधी क्षमता बढाउँछ। यस बाहेक दही खाँदा अरु पनि धेरै फाइदा हुन्छ ।

आउनुहोस् जानौं जाडोमा दही खानुका फाइदा र बेफाइदा के–के छन् ?

जाडोमा दही खानुको फाइदा रु

ब्याक्टेरिया र संक्रमणबाट सुरक्षा

जाडोमा हुने ब्याक्टेरियाको समस्यालाई हटाउन दही फाइदाजनक हुन्छ । दहीमा भिटामिन सी, पोटासियम, म्याग्नेसियम, प्रोटिन प्रचुर मात्रामा पाइन्छ, जसले जाडो मौसममा हुने समस्यालाई हटाउन सक्छ ।

राम्रो पाचन

जाडोमा विभिन्न किसिमका खानेकुराले पाचन गडबडी गराउन सक्छ, जसका कारण तपाईंको शरीरको पीएच स्तर बिग्रन सक्छ।

पाचन शक्ति बलियो बनाउन चाहनुहुन्छ भने दहीको सेवन गर्नुहोस् । जाडोमा दहीको सेवनले पाचनसम्बन्धी समस्यालाई टाढा राख्छ ।

हड्डी बलियो बनाउँछ

जाडोमा हड्डीमा धेरै दुखाइ हुनसक्छ । यस्ता समस्या कम गर्न दहीको सेवन गर्नुपर्छ । दहीमा पाइने क्याल्सियमले हड्डीलाई मजबुत बनाउन निकै भूमिका खेलेको पाइएको छ ।

छालामा चमक ल्याउन

दहीको सेवनले छालामा चमक ल्याउन मद्दत गर्ने विज्ञहरू बताउँछन् । दहीमा मोइस्चराइजिङको गुण हुन्छ, जसले अनुहारमा चमक ल्याउँछ। यसले छालाको ब्ल्याक हेड्सको समस्यालाई पनि कम गर्न सक्छ । यसले तपाईको छालालाई दागरहित राख्न पनि मद्दत गर्दछ ।

जाडोमा दही खानुका बेफाइदाहरु

यद्दपि, थुप्रै फाइदाका बीच जाडोमा दही खाँदा केही बेफाइदा पनि छन् । यदि तपाईलाई रुघाखोकी वा कुनै किसिमको समस्या छ भने विज्ञसँग परामर्श लिएर मात्रै दही खानुपर्छ । जानौं यसका केही बेफाइदाहरू(

– श्वासप्रश्वासको समस्या भएमा दही खाँदा श्वासप्रश्वासमा संक्रमण हुन सक्छ ।

– अत्याधिक मात्रामा दहीको सेवनले शरीरमा दुखाइको समस्या आउन सक्छ ।

– जाडोमा राती दही खाँदा रुघाखोकी जस्ता समस्या देखिन्छन् ।

दहीको सेवनले शरीरलाई धेरै फाइदा पुर्याउन सक्छ । तर, यसको अत्याधिक सेवनले शरीरलाई हानि पुर्‍याउन सक्छ । यस्तो अवस्थामा विज्ञको सल्लाह लिएर मात्र दहीको सेवन गर्नुपर्छ । एजेन्सीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer