२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

यो वर्षको एसइइ चैत पहिलो हप्ता


बिर्तामोड, पुस २५ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डरअनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताए ।

यो वर्षको एसइइ क्यालेन्डरअनुसार माघको पहिलो हप्ता रुटिन निकालिने उनले जानकारी दिए । संसदमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा भएको एसइइसम्बन्धी व्यवस्था अहिले लागु नहुने भन्दै शर्माले अन्योलमा नपर्न आग्रह गरे ।

यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनैपर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।

यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुने र केही विषयको पुरानोअनुसार हुने उनले बताए । त्यस्तै, नन ग्रेडिङ लागु हुने र सबै विषयमा ३५ प्रतिशत ल्याउनैपर्ने उनले जानकारी दिए ।

यसअघि ग्रेडिङ सिस्टम थियो । अब ग्रेडिङ नहुने भएको छ । अहिलेसम्म एसइइका लागि रजिस्ट्रेसन फारम भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer