२०८२ जेठ ४ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

वन पैदवार मुद्दामा दमकका सुब्बा कारागार चलान


बिर्तामोड, पुस २६ । वन पैदावर हानि नोक्सानी मुद्दामा झापा दमक ३ का ३१ वर्षिय कुमार भनिने देउकुमार सुब्बा कारागार चलान भएका छन् ।

सुब्बालाई झापा जिल्ला अदालतले गत बैशाख १६ गते १५ दिन कैद र ७ हजार ८०५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

फैसलापछि फरार रहेका सुब्बालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी बुधबार झापा जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

उनलाई अदालतले कारागार चलानको आदेश दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यसैगरी, चोरी मुद्दामा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना गर्नुपर्ने फैसला भई फरार रहेका पाँचथर साबिक सुभाङ ३ हाल हिलिहाङ ५ घर भई झापा बुद्धशान्ति २ मा बस्दै आएका २१ वर्षीय सुमन रणपहेँली पनि कारागार चलान भएका छन् ।

Adv footer