२०८२ जेठ ४ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगर प्रेस क्लबले पाँच लाखको कोष स्थापना गर्ने


मेचीनगर, पुस २६ । प्रेस क्लब मेचीनगरको प्रस्तावित अक्षयकोषमा ४१ हजार रुपैयाँभन्दा बढी रकम प्रदान गर्ने प्रतिबद्धता आएको छ ।

बिहीबार काँकरभिट्टामा भएको संस्थाको नवौँ वार्षिक साधारणसभाको अवसरमा कार्यक्रमका सहभागीको तर्फबाट क्लबले आफ्ना सदस्यका लागि स्थापना गर्ने अक्षयकोषमा एकैदिन २१ हजार २१० रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको हो ।

मेचीनगरका सञ्चारकर्मीहरुको छाता संगठन प्रेस क्लबको प्रस्तावित अक्षयकोषमा सभाका सहभागी मेचीनगर ५ का वडा अध्यक्ष कनक कार्कीले ५ हजार, वडा नम्बर ७ का वडा अध्यक्ष प्रह्लादमणि ओलीले ५ हजार १००, वडा नम्बर ८ का वडा अध्यक्ष गिरिराज धमलाले ५ हजार ५५५ तथा क्लबका उपाध्यक्ष जिआर धितालले ५ हजार ५५५ रुपैयाँ कोषमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि क्लबकी पूर्वउपाध्यक्ष अम्बिका भण्डारीले कोषमा ५ हजार रुपैयाँ प्रदान गरेकी छन् । त्यस्तै, क्लबका पूर्वअध्यक्ष मुक्ति पौडेलले १० हजार, क्लबका अध्यक्ष डम्बर बरालले ५ हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले क्लबको उन्नयनका लागि न्यूनतम १० वर्षका लागि प्रतिवर्ष १५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सभामा प्रमुख अतिथि तामाङ, प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, वडा अध्यक्षहरु कनक कार्की, प्रह्लादमणि ओली, गिरिराज धमला, संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्वअध्यक्षहरु मुक्ति पौडेल, ज्ञानेन्द्र निरौला, लक्ष्मी उप्रेती, अग्रज पत्रकार जिएन शर्मा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नेपाल झापा अध्यक्ष भूमिका सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभाले मेचीनगरका सञ्चारकर्मीहरुलाई ऐक्यबद्ध बनाउँदै क्षमता अभिवृद्धि गर्ने, सञ्चार क्षेत्रलाई नियमन गर्दै जिम्मेवारपूर्ण पत्रकारिताको विकास गर्ने, सञ्चारकर्मीहरुको व्यायवसायिक हितका लागि सुरुवातमा न्यनूतम ५ लाख बराबरको प्रेस क्लब मेचीनगर सञ्चारकर्मी कोष स्थापना गर्नेलगायतका निर्णय गरेको छ ।

कार्यक्रममा क्लबका अध्यक्ष डम्बर बरालले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष विनिशा शर्माले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।

क्लबका उपाध्यक्ष जिआर धितालले स्वागत गरेको कार्यक्रमकको सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।

Adv footer