
बिर्तामोड, पुस २९ । झापाको दमक नगरपालिका क्षेत्रमा निर्माणाधीन रतुवा पुलको डाइभर्सनमा टिप्पर पल्टिएको छ ।
आज दिउँसो रतुवा खोलामा निर्माण भएको साँघुरो डाइभर्सनका कारण निर्माण सामग्री ढुवानी गरिरहेको मधेश प्रदेश ०३००२ ख ०१७२ नम्बरको टिप्पर पल्टिएको हो ।

डाइभर्सन साँघुरो भएका कारण टिप्पर पल्टिएको स्थानीय पत्रकार विनोद सापकोटाले जानकारी दिए ।

सो क्षेत्रमा सडक विभागले जोखिमयुक्त डाइभर्सन बनाएको हो । टिप्परले हुलाकी मार्गतर्फ निर्माण सामग्री लिएर जाँदै गरेको अवस्थामा पल्टिएको हो ।
