
बिर्तामोड, माघ २ । झापाको बाह्रदशीमा साङ्केतिक भाषाको एक महिने तालिम सुरु भएको छ । हाम्रो बाह्रदशी अपांगता अभियानको आयोजना तथा बाह्रदशी गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।
तालिममा गाउँपालिकाका सातवटै वडाका १० जना अपांगता भएका व्यक्ति बहिरा अपांगताका अभिभावक सुस्तश्रवण बहिरालाई तालिम दिइने अभियानका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए ।
तालिमको सहजीकरण कमल उप्रेतीले गर्ने छन् । सुवेदीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि मेची बहिरा संघका अध्यक्ष गणेश पौडल रहेका थिए ।
कार्यक्रममा कुष्ठरोग निवारणका दिनेश मण्डल, मंगलमाया माविका शिक्षक ओमप्रकश संग्रौला, बाह्रदशी समुदायिक वनका सिचिव टंककुमारी कुइँकेल, बिहीबार बजार व्यवस्थापन समिति सचिव दिपेन्द्र खरेलको आथित्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव रूद्रलाल दुलाल र स्वागत आशा लिम्बूले गरेकी थिइन् । कार्यक्रममा दोभाषेको काम ओम संग्रौलाले गरेका थिए ।