२०८१ जेठ ८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

एनसिसीमार्फत युथ एक्सेन्ज कार्यक्रममा भारत गइन् दमककी थापा


दमक, माघ ४ । झापाको दमकमा रहेको झापा मोडल अंग्रेजी माविकी छात्रा कृतज्ञता थापा राष्ट्रिय सेवादल (एनसिसी) मार्फत युथ एक्सेन्ज कार्यक्रममा छनोट भएकी छन् ।

देशभरका १५ हजार एनसिसी सदस्यमध्ये छनोट भएर कक्षा ११ की छात्रा थापा भारतमा हुने युथ एक्सेन्ज कार्यक्रममा सहभागी हुने विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए ।

एनसिसिमा आबद्ध विद्यालयका एनसिसी क्याडेटहरूले तालिम अवधिभरिमा तालिमका विभिन्न विधामा प्रस्तुत गरेको क्षमता, कला, कौशल र अनुशासनको पालना गरेको आधारमा छनोट भएर थापा भारत गएकी छन् ।

पुस १५ गतेदेखि २९ गतेसम्म नेपाली सेनाको मुख्यालयमा सञ्चालित आन्तरिक तालिममा थापा उत्कृष्ट भएकी थिइन् । माघ १३ गतेसम्म सञ्चालन हुने कार्यक्रमका लागि उनी छनोट भएर भारत गएकी हुन् ।

भारतको विभिन्न राज्यहरूको भ्रमण गरी आफ्नो कला, कौशल प्रस्तुत गर्न नेपालबाट झापाकी थापासहित १६ जना क्याडेट (विद्यार्थी) ले यो अवसर पाएका छन् ।

दुई सातासम्म हुने कार्यक्रममा क्याडेटहरुले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, सुरक्षामन्त्री लगायतका उच्चपदस्थलाई समेत भेट्ने र छलफल गर्ने मौका पाउने जनाइएको छ ।

२३ देशका क्याडेट सहभागी हुने विशिष्ट कार्यक्रममा थापाले सम्बोधन गर्ने अवसर समेत पाउने श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer