२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

चारआली सांस्कृतिक महोत्सव माघ ११ गतेदेखि


मेचीनगर, माघ ४ । झापाको चारआलीमा ‘चारआली सांस्कृतिक महोत्सव-२०८०’ हुने भएको छ । यही माघ ११ गतेदेखि २४ गतेसम्म महोत्सव हुनेछ ।

आयोजक टासी फुन छोग् छोई खोरलिङ गुम्बा मेचीनगर १३ चारआलीले आज पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिएको हो ।

गुम्बाका अध्यक्ष फुर्वा लामाले चारआलीमा १२ वर्षपछि राष्ट्रियस्तरको महोत्सव हुन लागेको जानकारी दिए ।

बौद्ध धर्म मान्ने शेर्पा, गुरुङ, तामाङ, मगर लगायत समुदायको सामुहिक सहभागिता रहने महोत्सवअन्तर्गत माघ २० गते भव्य सांस्कृतिक कार्यक्रमसहित सडक महोत्सव हुने गुम्बाका सचिव सोनमसिंह तामाङले बताए ।

महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै जातीय पहिरन प्रदर्शन गर्दै स्थानीय पर्यटन र कलाको प्रवर्धन गर्ने उद्देश्य लिइएको सहआयोजक चारआली जेसिजका अध्यक्ष भोजराज पराजुलीले बताए ।

अध्यक्ष लामाका अनुसार महोत्सवमा भारतीयसहित नेपाली राष्ट्रिय कलाकारले प्रस्तुति दिने छन् । भारतीय रियालिटी शो सारेगमप लिल च्याम्स सिजन ९ की विजेता सिक्किमकी जेसेन डोह्ना लामा महोत्सवमा आउने छिन् ।

त्यस्तै, नेपालका चर्चित गायकहरु सविन राई, राजेशपायल राई, एलिना चौहान, ज्योति मगर लगायतले महोत्सवमा सांगीतिक प्रस्तुति दिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer