२०८२ साउन ४ आइतबार
Jhapa Today
Adv top

श्रीमतीको हत्याको आरोपमा कमलका विक पक्राउ


बिर्तामोड, माघ ८ । झापाको कमलमा श्रीमतीको हत्या गरेको आशंकामा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नम्बर ५ गेउरिया बस्ने ५५ वर्षीय धनबहादुर विक रहेका छन् । हिजो दिउँसो ४ बजेको समयमा धनबहादुरकी श्रीमती ४९ वर्षीया अम्बिका विक आफ्नै घरको कोठाभित्र मृत अवस्थामा भेटिएकी थिइन् ।

स्थानीय तथा मृतकका आफन्तले कालगतिले नै उनको मृत्यु भएको भनिएकोमा आज बिहान १०ः४५ बजे स्थानीयहरुले घटना शंकास्पद रहेकोले घटनास्थल अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरिदिन भनेपछि प्रहरीले आज दिउँसो मृतकका श्रीमान धनबहादुरलाई नियन्त्रणमा लिएको हो ।

घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।

Adv footer