२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

इस्ट होराइजनमा सत्य साई मानव मूल्य शिक्षाबारे कार्यशाला


मेचीनगर, माघ ८ । झापाको धुलाबारीमा श्री सत्य साई शिक्षा प्रतिष्ठान नेपालअन्तर्गत श्री सत्य साई मानव मूल्य शिक्षा परिचयात्मक कार्यशाला सम्पन्न भएको छ ।

श्री सत्य साई प्रदेश समिति १(क) को आयोजना तथा धुलाबारीको इस्ट होराइजन इङलिस हाई स्कुलको आतिथ्यतामा हिजो र आज कार्यशाला भएको हो ।

कार्यक्रममा श्री सत्य साई मानव मूल्य शिक्षाको परिचय तथा एकीकृत शिक्षण पद्धतिबारे श्री सत्य साई ओभरसिज अर्गानइजेसनका केन्द्रीय संयोजक प्राडा नरोत्तमप्रसाद उपाध्यायले व्याख्या गरेका थिए ।

त्यस्तै, सिकाइ पद्धति: मनोवैज्ञानिक पक्ष र मानवीय मूल्यबारे श्री सत्य साई ग्लोबल काउन्सिल कार्यक्रमका अञ्चल अध्यक्ष अमरबहादुर कार्की कार्यपत्र प्रस्तुत गरेका थिए ।

शिक्षण विधि, प्रत्यक्ष शिक्षण पद्धति र अभिभावनबारे श्री सत्य साई सेवा सङ्गठन नेपालका पूर्वअध्यक्ष श्रीधरा बाँस्कोटा, गुरुको भूमिकाबारे सुधाकर पन्त, कार्यशाला तथा प्रस्तुतिमाथि मन्तव्य श्री सत्य साई प्रदेश समिति १(ख) का अध्यक्ष सानुकाजी श्रेष्ठले राखेका थिए ।

कार्यक्रममा सहभागीहरूबाट समापन मन्तव्य इस्ट होराइजन इङलिस हाई स्कुलका प्रधानाध्यापक सन्दीप राईले राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य श्री सत्य साई प्रदेश समिति १(क) का अध्यक्ष श्री सुरेश श्रेष्ठले गरेका थिए भने कार्यक्रमको उद्देश्यमाथि श्री सत्य साई शिक्षा प्रतिष्ठान नेपालका कार्यवाहक निर्देशक सुधाकर पन्तले प्रकाश पारेका थिए ।

मेचीनगर नगर उपप्रमुख मिना पोखरेल उप्रेतीले उद्घाटन गरेको कार्यक्रम समापनको प्रमुख अतिथि नगरका शिक्षा प्रमुख होमनाथ भण्डारी रहेका थिए ।

कार्यक्रममा दार्जिलिङका १२ जनासहित झापाका २८६ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

Adv footer