२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामाेडमा आदिवासी जनजाति महाेत्सव सुरु


बिर्तामोड, माघ ९ । झापाको बिर्तामोडमा दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव सुरु भएको छ । सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि महोत्सव सञ्चालन गरिएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा आजदेखि माघ ३० गतेसम्म दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा सयभन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ । त्यहाँ नगरका १७ वटा जातिको जातीय पहिचान झल्किने स्टलहरु निर्माण गरिएको महासंघले जनाएको छ ।

त्यस्तै, खेल तमासा, बाल उद्यान, अटोमोबाइल्स, आइटीलगायतका व्यावसायिक स्टलहरु रहेको महासंघका वीरेन मेचेले बताए । उनले आदिवासी जनजातिका जातीय परिकारहरुको स्टल पनि रहेको जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहनेछ । द एलिमेन्ट बेन्ड, सविन राईको ब्यान्ड, पूर्ण राईको ब्यान्ड, सपना सुमनको ब्यान्डसँगै कलाकारहरु शान्तिश्री परियार, ज्योति मगर, मेलिना राई, एलिना चौहान, राजनराज शिवाकोटीलगायत आउने मेला सञ्चालक नारायण अधिकारीले बताए ।

उनले भोलि गायिका समीक्षा अधिकारी आउने जानकारी दिए । महोत्सवमा सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भूमिका रहेको छ ।

उद्घाटनअघि नगरका आदिवासी जनजातिहरुले बाजागाजासहित झाँकी प्रस्तुत गरेको महासंघका नगर अध्यक्ष राजकुमार राजवंशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer