२०८२ बैशाख २० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

दमकका मगर ब्राउन सुगरसहित पक्राउ


दमक, माघ १० । झापाको दमकमा गए राति प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक २ बस्ने तागेन्द्र मगर रहेका छन् । राति ८ बजे दमकस्थित मगरको घरकोठामा लागुऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचना पाएपछि प्रहरी पुगेको थियो ।

अस्थायी प्रहरी पोस्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भेटेर जाँच गर्दा उनको साथबाट प्लास्टिकसहित ८९० मिलिग्राम ब्राउनसुगर भेटिएको थियो ।

प्लास्टिकमा प्याक गरेको ससानो १४ पोका भेटाएर उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

Adv footer