बिर्तामोड, माघ ११ । भद्रपुरमा घरमा कोही नभएको मौका छोपी दिउँसोको समयमा चोरी भएको छ ।
भद्रपुर ६ निवासी हेमन्त सुरानाको घरमा बुधबार ४ तोला सुन र ७० हजार नगद चोरी भएको पीडितले जानकारी दिएका छन् ।
उनले चोरीको विषयमा स्थानीय प्रहरीलाई जानकारी गराइसकेको बताए ।
फेरि चोरको बिगबिगी बढेको छ । सीमा नाकासँग जोडिएको भद्रपुरमा चोरी घटना बढेसँगै स्थानीय चिन्तित बनेका छन् ।