२०८१ पुष ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा बढ्दै घरजग्गा कारोबार, पुसमा २,५६४ कारोबार


मेचीनगर, माघ १२ । झापामा घरजग्गा कारोबार बढ्न थालेको छ । आर्थिक मन्दीले दुई वर्षयता सुस्ताएको घरजग्गा कारोबार नीतिगत सुधार हुन थालेसँगै बढ्न थालेको हो ।

भूमिसुधार तथा मालपोत कार्यालय झापाका अनुसार पुसमा झापामा दुई हजार ५६४ संख्यामा घरजग्गा कारोबार भएको छ ।

मंसिरमा झापामा दुई हजार २९४ संख्यामा घरजग्गा कारोबार भएको थियो । कार्यालयको तथ्यांकले घरजग्गाको कारोबार क्रमशः बढिरहेको देखाउँछ ।

व्यवसायीहरूका अनुसार झापामा आसपासका पहाडी क्षेत्रबाट बसाइँसराइ धेरै हुने गरेको छ । यहाँ इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमलगायत पहाडी जिल्लाबाट बसाइँ सरेर आउने प्रवृत्ति छ ।

त्यसैले, झापाका खासगरी बिर्तामोड, अर्जुनधारा, दमक, कनकाई क्षेत्रमा जग्गा किनेर मूल्य बढेपछि बिक्री गर्ने सोचले भन्दा पनि घर बनाउने उद्देश्यले किनबेच भइरहेको छ ।

घरजग्गा व्यवसायीहरूका अनुसार यीमध्ये कतिपय ठाउँमा जग्गा किनेर केही समय राख्ने र बेच्ने सोचले खरिदबिक्री भइरहेको छ । कतिपय ठाउँमा भने बसाइँसराइ बढिरहेकाले कारोबार वृद्धि भएको हो ।

केही व्यवसायीहरुको फरक अनुभव रहेको छ, अहिले भएका सबै घरजग्गा कारोबार वास्तविक कारोबार नभई हिसाब मिलानका लागि पनि भएको हो ।

विगतमा नगद ऋण लिएकाहरूले कित्ताकाट खुलेसँगै टुक्रा जग्गा दिएर हिसाब मिलाएका छन् । यसकारण घरजग्गा कारोबार बढेको देखिएको हो ।

गत जेठमा भू–उयोग नियमावली आएसँगै कित्ताकाट रोकिएको थियो । केही महिनायता मात्रै सरकारले कित्ताकाट खुलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer