
बिर्तामोेड, माघ १२ । झापाको बाह्रदशीका एकजना युवा मृत अवस्थामा भेटिएका छन् । उनको मृत्युबारे झापा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
राजगढमा जारी महोत्सवमा रमाइलो गरेर फर्किएका साविक राजगढ-८ का ३० वर्षीय रविन उप्रेती माघ ११ गते मध्यरातमा त्रिवेणीचोकमा मृत अवस्थामा भेटिएका थिए ।

घटनास्थलमा प्र. १–०१–०१६ प १५५३ नम्बरको माेटरसाइकल पनि भेटिएकाले दुर्घटना भएकाे हुन सक्ने स्थानीयले अनुमान गरे पनि घटना शंकास्पद देखिएकाले प्रहरीले स्थलगत अनुसन्धान गर्ने जनाएको छ ।