२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका तीन पालिका स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनोट


बिर्तामोेड, माघ १२ । झापाका तीन स्थानीय तह नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनोट भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झापाका कमल गाउँपालिका, कचनकवल गाउँपालिका र झापा गाउँपालिकालाई छनोट गरेको हो ।

मन्त्रालयले नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि १०४ वटा र कोशीका २० वटा पालिका छनोट गरेकामध्ये झापाका तीनवटा पालिका समावेश भएको मन्त्रालयको स्रोत परिचालन समन्वय शाखाका अधिकृत नमराज सापकोटाले जानकारी दिए ।

छनोट भएका ती स्थानीय तहहरूमा कार्यक्रम सञ्चालनका लागि एकमुस्ट रूपमा ८८ करोड ५० लाख रुपैयाँ पठाइएको सापकोटाले जानकारी दिए ।

नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि २०८० बमोजिम आर्थिक वर्ष २०८०र८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहमध्ये तोकिएको योग्यता र आधार पूरा गरेका स्थानीय तहलाई छनोट गरिएको उनले बताए ।

सरकारले कार्यक्रमका माध्यमबाट स्थानीय क्षेत्रमा समावेशी, जलवायु अनुकूलन र दिगो आर्थिक विकासलाई प्रवद्र्धन गर्न, उत्पादन र उत्पादकत्व वृद्धि गरी स्थानीय उद्यमशीलता अभिवृद्धि गर्न एवम् रोजगारी र आय वृद्धि गर्न निजी क्षेत्र, सामुदायिक क्षेत्र तथा सहकारी क्षेत्रलाई परिचालन गर्दै स्थानीय आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममार्फत युवाहरुमा सीप विकास र आर्थिक विकासमा सहयोग पुग्ने सरकारको अपेक्षा रहेको छ ।

कार्यक्रमको कार्यक्षेत्र स्थानीय आर्थिक विकास पूर्वाधार निर्माण, आर्थिक सशक्तीकरण तथा व्यवसाय विकास, सीप विकास उद्यमशीलता विकास तथा औद्योगिक प्रवर्धन, विशिष्टीकृत वस्तु उत्पादन तथा बजारीकरण रहेको पनि सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer