२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

जिल्लास्तरीय हाजिरीजवाफमा इस्ट होराइजन प्रथम


बिर्तामोड, माघ १३ । झापा धुलाबारीको इस्ट होराइजन मावि एन प्याब्सन जिल्लास्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएको छ ।

इस्ट होराइजनका विद्यार्थी आदर्श पोडैल र विकल्प प्रसाईं प्रतियोगितामा प्रथम भएका हुन् । त्यस्तै, सनसाइन स्कुलकी अमिसा भट्टराई दोस्रो तथा इडन गार्डेन स्कुलका दिवस नेपाल र आहाना रिजाल तेस्रो भए ।

एनप्याब्सनको १२ औँ जिल्लास्तरीय वार्षिक खेलकुद तथा सांस्कृतिक कार्यक्रमको अवसरमा हाजिरीजवाफ आयोजना गरिएको हो ।

एनप्याब्सन झापाका अध्यक्ष प्रेम शेर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एनप्याब्सन केन्द्रीय सदस्य सञ्जीव राई रहेका थिए ।

इडन गार्डन स्कुल बिर्तामोडमा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव भगिरथ राईले गरेका थिए भने उपाध्यक्ष मोहन आचार्यले स्वागत गरेका थिए ।

कार्यक्रममा एनप्याब्सनका प्रदेश, जिल्ला, पालिकाका पदाधिकारीहरू तथा सगंठनमा आबद्ध संस्थापक, प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो ।

उपाध्यक्ष ओमविक्रम नेम्वाङले कार्यक्रमको औचित्यमाथि प्रकाश परेको कार्यक्रममा प्रमुख अतिथि राई, प्रदेश सदस्य गिरीराज बस्नेत लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer