२०८१ पुष ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

आदर्श स्कुल अफ म्यानेजमेन्टमा पाठेघरको मुखको क्यान्सरबारे अभिमुखीकरण


बिर्तामोड, माघ १४ । झापाको बिर्तामोडमा पाठेघरको मुखको क्यान्सर रोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापा प्यासिफिक एसिया ट्राभल एसोसिएसन स्टुडेन्ट च्याप्टरको सहआयोजना विद्यार्थीहरुलाई लक्षित गरेर अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

स्त्रीरोग तथा क्यान्सर रोग विशेषज्ञ डक्टर प्रियंका कटुवालले विद्यार्थीहरुलाई क्यान्सर रोगबारे जानकारी दिएकी थिइन् ।

जनवरी महिनालाई पाठेघर क्यान्सरविरुद्धको अभियानका रुपमा मनाउने गरिएबमोजिम पाठेघरको क्यान्सर हुनै नदिनका लागि कटवालले सहजीकरण गरेकी थिइन् ।

अतिकम विकास भएका देशका महिलामा पाठेघरको क्यान्सर धेरै देखिन थालेको कारणले यस्ता कार्यक्रम गर्नुपरेको हो ।

कार्यक्रममा बालिका तथा किशोरीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपको जानकारी समेत दिइएको थियो ।

कार्यक्रममा कलेजका ३०० भन्दा बढी विद्यार्थीहरु को सहभागिता रहेको थियो । विद्यार्थीहरु सेम्भी दाहाल, समीर धमला, मुना सेन्च्युरीले पाठेघरको क्यान्सरबारे मा जिज्ञासा राखेका थिए ।

किरण बस्नेतले कार्यक्रम व्यवस्थापन गरेको कार्यक्रमको सञ्चालन कलेजका अतिरिक्त क्रियाकलाप संयोजक दिपक दासले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer