२०८२ बैशाख २० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडबाट लुटियो एक वृद्धाको सुनको गहना


सांकेतिक तस्वीर

बिर्तामोड, माघ १४ । झापाको बिर्तामोड-५ स्थित हनुमान सेन्ट्रल अगाडिबाट एक वृद्धालाई झुक्याएर एक समूहले डेढ तोलाको सुनको ब्रास्लेट र औँठी लुटेका छन् ।

आज दिउँसो १ः३० बसेको समयमा ७१ वर्षीया विष्णुमाया सुवेदीले लगाएको सुनको डेढ तोलाको ब्रास्लेट र औँठी दुईतीनजनाको नचिनेका मानिसको समूहले लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

वृद्धालाई झुक्याएर सुनजस्तो देखिने नक्कली ढिक्का दिएर उनले लगाएको सुन लिएर फरार भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
फरार रहेका लुटेराहरुको खोजतलास प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer