

मेचीनगर, माघ १६ । झापाको मेचीनगरस्थित चारआलीमा बौद्ध धर्मको नयाँ वर्ष ल्होसार संयुक्त रुपमा मनाइने भएको छ ।
बौद्ध धर्म मान्ने शेर्पा, गुरुङ, तामाङ, मगर लगायत समुदायको सामुहिक सहभागितामा एकैठाउँ ल्होसार मनाइने तयारी गरिएको आज पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।
यही माघ २० गते भव्य सांस्कृतिक कार्यक्रमसहित सडक महोत्सव गरेर ल्होसार मनाइने टासी फुन छोग् छोई खोरलिङ गुम्बा मेचीनगर १३ चारआलीका अध्यक्ष फुर्वा तामाङले जानकारी दिए ।
महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै जातीय पहिरन प्रदर्शन गर्दै स्थानीय पर्यटन र कलाको प्रवर्धन गर्ने उद्देश्य लिइएको शेर्पा समुदायका अगुवा, समाजसेवी तथा व्यवसायी छिरिङ शेर्पाले जानकारी दिए ।