२०८२ असार २८ शनिबार
Jhapa Today
Adv top

शिवसताक्षीका बस्नेतको नहरमा डुबेर मृत्यु


बिर्तामोड, माघ १८ । झापाको शिवसताक्षी नगरपालिकास्थित कनकाई नहरमा डुबेर एकजना पुरुषको मृत्यु भएको छ ।

आज बिहान ९ः३० बजेको समयमा शिवसताक्षी ११ नहरचोकस्थित कनकाई नहरको पानीमा डुबेर वडा नम्बर ९ बस्ने ५७ वर्षीय रामजी बस्नेतको मृत्यु भएको हो ।

नहरमा डुबेर मृत अवस्थामा रहेको भन्ने खबर इलाका प्रहरी कार्यालय झिलझिलेमा प्राप्त हुनासाथ प्रहरी टोली खटिगई कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
परिवारका अनुसार बस्नेत हिजो बिहानदेखि घर आएका थिएनन् ।

Adv footer