२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

खल्तीमा रुमाल राख्नुका फाइदा र बेफाइदा


बिर्तामोड, माघ २२ । धेरै मान्छे खल्तीमा रुमाल राखेर हिँड्छन् । आफूसँग रुमाल राख्दा व्यक्तित्वमा राम्रो वा नराम्रो प्रभाव पर्छ भन्ने सुन्दा तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ ।

दिनदिनै धोएको रुमाल प्रयोग गर्नुस् । फोहोरी रुमालमा नकारात्मकता हावी हुन्छ । अंक ज्योतिषअनुसार शुभलाभको कामना गर्ने व्यक्तिले चार वा ६ फोल्ड गरेर गोजीमा राखेको राम्रो ।

रुमालमा पेन वा पेन्सिल केही पनि नराख्नुस् । यसो गर्दा एकाग्रतामा कमि आउँछ । आफ्नो रुमाल कसैलाई पनि नदिनुस् अनि अरूको रुमाल पनि नलिनुस् ।

मधुरो रंगको रुमाल बोक्नुस् । व्यवसायमा निरन्तर हानिको सामना गर्नुपरेको छ र निःसन्तान हुनुहुन्छ भने पहेँलो रुमाल सदैव राख्नुस् ।

आयभन्दा बढी खर्च भइरहेको छ, बुवाको सम्पत्ति नास भइरहेको छ र आमा हरसमय कष्ट बेहोरिरहनु भएको छ भने १२ वटा बदाम कालो रुमालमा बाँधेर फलामको भाँडोमा अँध्यारो कोठामा राख्नुस् अनि चारवटा काँचो नरिवल नदीमा बगाउनुस् ।

मंगलबार रातो रुमाल गोजीमा राख्नुस् । हनुमानजी प्रसन्न हुुनुहुनेछ ।
-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer