२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

इन्डियन आइडलबाट बाहिरिइन् मेनुका पाैडेल


बिर्तामोड, माघ २२ । नेपाली गायिका मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’बाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी प्रतिस्पर्धाबाट बाहिरिएकी हुन् ।

झापा हल्दिबारीकी चेली मेनुका पौडेल शोको उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् । प्रतिस्पर्धाबाट बाहिरिएपछि उनले सामाजिक सञ्जालमा आफ्नो इन्डियन आइडलको यात्रा टुंगिएको जानकारी गराएकी छन् ।

उनले आफ्नो स्टाटसमा इन्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिरिनु आफ्नो समाप्ति नभई सुरुवात भएको जनाएकी छन् ।

उनी लेखेकी छन्,’आजबाट इन्डियन आइडलको मेरो यात्रा सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भने भर्खर सुरु भएको छ । म पहिलाभन्दा सक्रिय रहेर गायन र प्रस्तुतिमार्फत सबैलाई अझै मनोरञ्जन दिनेछु । इन्डियन आइडल सिजन १४ को टप १० सम्म पुर्याउन साथ दिनुहुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । यो मेरो सुरुवात हो, समाप्ति होइन । अहिलेको लागि इन्डियन आइडलबाट बिदा माग्न चाहन्छु ।’

उनले यो वर्षभरि नै आफ्नो पाइपलाइनमा संगीतको योजना रहेकाले आउने दिनहरूमा पनि आफूलाई यस्तै माया गर्न आग्रह समेत गरेकी छन् ।

आइडलमा रहँदा उनले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु गरेकी थिइन् । चिकित्सकले उनलाई ‘एआइ भिजन चश्मा’ पनि प्रदान गरेका थिए, जसमार्फत अबदेखि उनले पढ्न, हिँड्न र मान्छे चिन्न सक्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer