२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

किन कहिल्यै वृद्ध देखिएनन् भगवान कृष्ण ?


बिर्तामोड, माघ २४ । के तपाईंले भगवान श्रीकृष्णलाई कहिल्यै वृद्ध स्वरुपमा देख्नुभएको छ ? सायद तपाईंले भगवान कृष्णका कुनै पनि चित्र तथा मूर्तिहरु देख्नुभएको छैन, जसमा उनी बुढा देखिएका होउन् ।

पक्कै पनि तपाईंले कहिल्यै देख्नुभएको छैन । किनकि भगवान कृष्ण कहिल्यै वृद्ध भएनन् । भगवान कृष्णको जीवन कैयौँ रहस्यले भरिएको मानिन्छ । उनका जीवनका कयौँ रहस्यमध्येको एक रहस्यको बारे उल्लेख गरिएको छ । त्यो हो उनको उमेर ।

भगवान कृष्ण जब महाभारतको कुरुक्षेत्रमा अर्जुनलाई गीताज्ञान दिइरहेका थिए तब उनको उमेर ९० वर्ष पुगेको थियो ।

महाभारतको युद्धका बेला भगवान कृष्ण हजुरबा बनिसकेका थिए । तर पनि युद्धका दौरान उनी जवान देखिन्थे ।

आद्य पूराण पुरुष नव यौवनः, ब्रह्म संहिताको श्लोकमा कृष्णको उमेरबारे वर्णन गरिएको छ । जसअनुसार कृष्णको छवि उनका भक्तजनहरुमा सधैँ नौजवान कै रह्यो । र सधैँ रहनेछ ।

कृष्णलाई परम पुरुषोत्तम भगवान मानिन्छ । किनकि उनी सर्वाकर्षक हुन् । हाम्रो अनुभव अनुसार यो देख्छौँ कि कुनै पनि व्यक्ति सम्पत्ति, शक्ति, यश, सौन्दर्य, ज्ञान तथा त्यागका कारण आकर्षक बन्छ ।

जोसुकैसँग यी ६ ऐश्वर्य एकसाथ असीम मात्रामा हुन्छ, यो सम्झनु पर्यो कि त्यो परम पुरुषोत्तम भगवान हो ।

विष्णु पुराणका श्लोकमा यी ६ ऐश्वर्यबारे महान वेदाचार्य पराशर मुनिले विस्तारमा वर्णन गरेका छन् । जसअनुसार हामी यो सम्झिन सक्छौँ कि श्रीकृष्ण केवल एक असाधारण ऐतिहासिक व्यक्ति मात्रै हैन, अपितु साक्षात् परम पुरुषोत्तम भगवान हुन् ।

-लोकान्तरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer