२०८१ मंसिर १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

ओमसाई हस्पिटलमा ड्युटी गरेकै बेला सेक्युरिटी गार्ड इन्चार्जको मृत्यु


भद्रपुर, माघ २९ । भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा ड्युटी गर्दागर्दै सेक्युरिटी गार्ड इन्चार्जको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–६ निवासी कुमार बोगटीको आज बिहान ५ः१५ बजे हृदयाघातको कारण मृत्यु भएको हस्पिटलले जनाएको छ । हस्पिटलको आकस्मिक कक्षनजिकैको मुल गेटमा ड्युटीमा रहेका बेला बोगटीलाई हृदयाघात भएको थियो ।

उनलाई उपचारका लागि आकस्मिक कक्ष पुर्‍याउन नपाउँदै मृत्यु भएको जनाइएको छ । उनी हस्पिटलमा १४ वर्षदेखि सेक्युरिटी इन्चार्ज पदमा कार्यरत थिए ।

हस्पिटलले कर्तव्य निष्ठ र मिलनसार कर्मचारी गुमाएको जनाएको छ । उनको श्रीमती र दुई छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer