
बिर्तामोड, माघ २९ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानलले निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ ।
बिर्तामोडमा सोमबार (आज) सम्पर्क कार्यालयको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उद्घाटन गरेका हुन् ।
उक्त प्यानलबाट अध्यक्षमा अर्जुन मैनाली, वरिष्ठ उपाध्यक्षमा राजु घिमिरे, महासचिवमा कृष्ण पौडेल, वाणिज्य उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराईले उम्मेदवारी दिएका छन् भने अन्य पदहरुका उम्मेदवार मिलाएर लाने बताइएको छ ।
निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अध्यक्ष पदका उम्मेदवार अर्जुन मैनालीले गरेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य प्रेमकुमार गिरी, शिव ढुंगेल, निर्वाचन परिचालन समितिका सहसंयोजक कुवेर श्रेष्ठ (अरुण) लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सदस्य सचिव सुवास भट्टराईले गरेका थिए ।