२०८१ मंसिर १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

मेची आँखा अस्पतालमा फास्ट ट्र्याक क्लिनिक सेवा सुरु


बिर्तामोड, फागुन १ । पूर्वी नेपालको विश्वासिलो मेची आँखा अस्पतालले फास्ट ट्र्याक क्लिनिक सेवा सुरु गरेको छ ।

आजबाट सुरु भएको सेवामा घरै बसेर आफ्नो नाम दर्ता गर्न सकिने मेची आँखा अस्पताल संघका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार आफ्नो नाम दर्ता गर्न ९८०१४४२४९२ नम्बरमा कल वा म्यासेज गर्न सकिनेछ । अस्पतालमै आएर लाइनमा बस्ने समय नभएका सेवाग्राहीलाई लक्षित गरी सेवा सुरु गरिएको हो ।

आफूले चाहेको मितिमा चिकित्सकसँग परामर्श लिन घरमै बसेर बुक गर्न सकिनेछ । यसका लागि अस्पतालले छ सय रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।

यसैबीच, गत वर्ष मेची आँखा अस्पतालले २ लाख ७६ हजार ८९३ जना बिरामीको आँखा परीक्षण गरेको छ । जसमा ३६ हजार ३५८ जना बिरामीको आँखाको शल्यक्रिया गरेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डक्टर पुरुषोत्तम जोशीले बहिरङ सेवाअन्तर्गत एक लाख ९७ जनार ८७२ जना तथा आउटरिच कार्यक्रमअन्तर्गत ७९ हजार २५ जनाको आँखा जाँच गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer