२०८१ मंसिर १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

दमकमा ८ महिने बालकलाई पछारेर मारेको आरोपमा आमासहित दुई पक्राउ


बिर्तामोड, फागुन १ । दमकमा ८ महिनाका बालकलाई पछारेर मारेको आरोपमा बालककी आमा र अर्का एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ ७ः३० बजे दमक नगरपालिका ३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर बी फोर हट नं.४३२ बस्ने ५० वर्षीय पञ्चबीर घिसिङको घरमा आश्रय लिएर बसेका २५ वर्षीया सुस्मिता बिश्वाका छोरा ८ महिनाका एरित ओलीलाई पञ्चवीर घिसिङले पछारेका थिए ।
अचेत अबस्थामा पुगेका बालकलाई उपचारको लागि दमक अस्पताल पठाएकोमा इसीजी उक्त अस्पतालमा नरहेकोले इसीजी गराउनको लागि किओच बाल अस्पताल दमक पठाईएकोमा बच्चाको मृत्यु भईसकेको थियो ।

बालकको शव दमक अस्पतालको शवगृहमा राखिएको छ भने बालकलाई पछार्ने पञ्चवीर घिसिङ र बालककी आमा सुस्मिता बिश्वालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमक ल्याई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी ढुण्डिराज गिरीले बताए । उनका अनुसार घटनाका बेला दुबै जनाले मादक पदार्थ सेवन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer